काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । ग्लोबलले गत साउनदेखि चैतसम्ममा पोहोर सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले नाफा बढाएर ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।

नाफामा छलाङ मार्नेमा सेन्चुरी कमर्सियल बैंक परेको छ । नाफाको आकारको हिसाबले २७ वाणिज्य बैंकमध्ये २४औं नम्बरमा परे पनि यसले पोहोरको तुलनामा १८३.५९ प्रतिशतले नाफा बढाएको छ ।

दोस्रो नम्बरमा रहेको एनआइसी एसियाको नाफा पोहोरको तुलनामा १९.९६ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ४५ लाख नाघेको छ ।

नाफाको हिसाबले तेस्रो नम्बरमा रहेको नबिल बैंकको भने पोहोरको तुलनामा नाफा घटेको छ । नबिलले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाए पनि यो पोहोरको सोही अवधिको तुलनामा ८.९१ प्रतिशतले कम हो । चौथो नम्बरको प्राइम बैंकको नाफा पोहोरको भन्दा ३.३९ प्रतिशतले कम छ । प्राइमको नाफा २ अर्ब७२ करोड २० लाख रुपैयाँ छ ।

त्यसैगरी, एनएमबिले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो पोहोरको तुलनामा ५.९१ प्रतिशतले बढी हो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा पोहोरको १९.९८ प्रतिशतले घटेर २ अर्ब ६१ करोड ६७ लाख कायम भएको छ । त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंकले खुद नाफा १२.९९ प्रतिशतले घटेको विवरण सार्वजनि गरेको छ । यसको नाफा २ अर्ब ४७ करोड ७२ लाख कायम भएको छ ।

नेपाल बैंक लिमिटेडले यो अवधिमा २ अर्ब १९ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । यसको नाफा पोहोरको भन्दा ३.०७ प्रतिशतले कम हो ।

सिद्धार्थ बैंकले भने १.१३प्रतिशतले नाफा बढाएर २ अर्ब ८ करोड ८५ लाख नघाएको छ । मेगा बैंकले पनि २.१२ प्रतिशतले बढाएर २ अर्ब १ करोड ४५ लाख पु¥याएको छ ।

कृषि विकास बैंकको नाफा ८.०९ प्रतिशतले घटेको छ । उसको चैतसम्मको खुद मुनाफा १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ छ । त्यसैगरी कुमारी बैंकको नाफा १ अर्ब ८० करोड २७ लाख कायम भएको छ । यो पोहोरको तुलनामा ०.३२ प्रतिशतले कम हो ।

प्रभु बैंकको नाफा १६.९१ प्रतिशतल घटेर १ अर्ब७५ करोड २९ लाख कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा भने ३७.६१ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८७ लाख नाघेको छ ।

त्यसैगरी सानिमा बैंकले १ अर्ब ५९ करोड २६ लाख र सिटिजन्स बैंकले १ अर्ब ५८ करोड ९६ लाख नाफा कमाएको विवरण सार्वजनिक गरेका छन् । यसमा पोहोरको तुलनामा सानिमाको १४.२० प्रतिशतले कम हो भने भने सिटिजन्सको २.८७ प्रतिशतले बढी हो ।

माछापुछ्रे बैंकको नाफा २०.२४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड १७ लाख कायम भएको छ । त्यसैगरी एभरेस्ट बैंकले १ अर्ब ५१करोड ६३ लाख नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । यो पोहोरको तुलनामा ०.५९ प्रतिशतले बढी हो ।

एनसिसी बैंकको मुनाफा पनि ३५.१० प्रतिशतले बढेर १ अर्ब ४८ करोड ७७ लाख नाघेको छ । हिमालयनले बैंकले १ अर्ब ३९ करोड १५ लाख नाफा गरेको छ । यो ८.११ प्रतिशतको वृद्धि हो । सर्वाधिक नाफा बढाएको एसबिआई बैंकले १ अर्ब ३० करोड रुपैयाँ कमाएको छ । उसको नाफा पोहोरको भन्दा ४७.९६ प्रतिशतले बढी हो ।

त्यसैगरी, सनराइज बैंकले पोहोरको तुलनामा १३.०४ प्रतिशतले नाफा बढाएर १ अर्ब २७ करोड ७३ लाख नघाएको छ ।

नेपाल बैंगलादेश बैंकको नाफा पनि बेसरी घटेको छ । यसको नाफा पोहोरको तुलनामा ३२.१८ प्रतिशतले घटेर १ अर्ब ११ करोड ११ लाख कायम भएको छ ।

सेन्चुरी कमर्सियल बैंकले भने १८३.५९ प्रतिशतले नाफा बढाएको छ । उसको नौ महिनाको नाफा १ अर्ब १ करोड ५६ लाख कायम भएको छ ।

सिभिल बैंकले पनि ७९.९१ प्रतिशतले नाफा बढाएको छ । उसको नाफा ९० करोड ४१ लाख छ । बैंक अफ काठमाडौंको नाफा भने २५.५३ प्रतिशतले घटेको छ ।

उसको यस अवधिमा ८७ करोड ७ लाख नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाएको लक्ष्मीले ८५ करोड ८९ लाख रुपैयाँ नाफा कायम गरेको छ । यो २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम हो । उसको नाफा पोहोरको तुलनामा ३३.३१ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय