काठमाडौं– नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा आजका लागि छापावाल सुनको मूल्य १ लाख ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यो अघिल्लो दिनको तुलनामा १५ सय रुपैयाँले कम हो । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १०० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेर १३८५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य घटबढका आधारमा दिनहुँ सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय