काठमाडौं– निलम्बनमा परेका केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् ।

सरकारले जाँचबुझका लागि समिति गठन गरेपछि गत चैत २५ गते समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका अधिकारी सर्वोच्चको आदेशपछि काममा फर्केका हुन् ।

सरकारले सुरु गरेको जाँचबुझविरुद्ध गभर्नर अधिकारीले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार उनलाई निलम्बन गर्ने मन्त्रिपरिषदको आदेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले काममा फर्किने बाटो खोलिदिएपछि उनी नियमित ड्युटीमा हाजिर भएका हुन् । गभर्नर अधिकारीलाई बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीले भव्य स्वागत गरेका थिए ।

राष्ट्र बैंकका कर्मचारीले गभर्नर निलम्बनविरुद्ध आन्दोलन सुरु गरेका थिए । अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई छलफल गर्न बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय