काठमाडौं– एनआइसी एसिया क्याटिलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जस अनुसार प्रतिसेयर आम्दानी ५९.४६ कायम भएको कम्पनीले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बढी हो ।

गत चैतसम्म क्यापिटलले एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत चारवटा योजना सञ्चालन गरिरहेको छ । यसका अलावा कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत मेरो लगानी, मेरो भविष्य नाराका साथ ग्राहकमुखी योजनाहरु सञ्चालन गरीे चैत मसान्तसम्ममा ५५३ ग्राहकबाट १ अर्ब ५३ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३३.०२ प्रतिशतले बढी हो ।

क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनतामाझ डिम्याट खाताको पहुँच सहज, सर्वसुलभ तरिकाबाट पुर्याउने मुख्य उद्देश्यका साथ विगतका वर्षदेखि नै एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत २०७८ साल चैत्र मसान्तसम्ममा ११ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कासन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म ८ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र १५ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय