काठमाडौं– एनआइसी एसिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्सबाट वस्तु तथा सेवा खरिद गर्दा पाँच हजार रुपैयाँसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

बैंकका अनुसार दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फुड बाइट, (क्विक्र), युजी बजार, खानपिन जस्ता ई–कमर्सहरूबाट विभिन्न सामग्री खरिद गर्दा एवं ट्याक्सीमाण्डु, यती एयरलाइन्स, सोनी एलआइभी र अल्ट बालाजीका अनलाइन प्लेटफर्ममार्फत विभिन्न सेवा लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआइसी एसिया मोबैंकमार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट पाइनेछ ।

यसका लागि ग्राहकले उक्त बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुचारु भएपछि बैंकले ती ग्राहकलाई एसएमएस वा इमेलमार्फत ती मर्चेन्टले प्रदान गरेको प्रोमो कोड र डिस्काउन्ट लिंक पठाउने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकले पठाएको प्रोमो कोड वा डिस्काउन्ट लिंक प्रयोग गरी छुट प्राप्त गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ । यो योजना आगामी असार मसान्तसम्म लागू हुने बताइएको छ । अनलाइन किनमेल बढिरहेको बेला बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न छुटको व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय