काठमाडौं– निर्जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारणसभा वीरगन्जमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ७ प्रतिशत बोनस सेयर र ०.३६८ नगद लाभांश दिने प्रस्ताव पनि सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।

बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८ सय पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय