काठमाडौं– सरकारले जेठ १ गतेदेखि हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आगामी जेठ १ देखि लागू हुने शनिबार र आइतबार २ दिन बिदा हुनेछ ।
कार्यालय समय भने बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कायम गर्ने सरकारको तयारी छ ।
मन्त्रिपरिषद्ले हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दुई दिन बिदाले पेट्रोलियम पदार्थ खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।









