काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ ।

सभामा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्ट्याइएको सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ । सभाले अन्य कुनै जीवन बीमा कम्पनीसँग गाभिने वा प्राप्ति गर्नेसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सभामा बोल्दै अध्यक्ष डा. अर्यालले बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहे पनि कम्पनी सो विषयलाई अवसरको रुपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको बताए । आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितो रुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय