काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताको सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताको प्रसंशा गरे । उनले अभिकर्ताहरुको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणलाई निरन्तरता दिने बताए ।

सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २१ करोड रहेको छ भने लगानी १३८ अर्ब ८२ करोड रुपैयाँ छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ ।

२ लाख ३ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

नेसनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्तालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षकमार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताका लागि व्यापार लक्ष्यसहितको स्किम ल्याउने जानकारी गराए ।

नेसनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवाद ज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति यस कम्पनीमा बीमित भइसकेका र ग्राहकको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी अभिकर्ताले मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय