रुपन्देही– आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक उम्मेदवारको निधन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार निधन भएको हो ।

उनको निधनको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय