काठमाडौं– इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीनवटा विधामा अवार्ड जितेको छ ।

कम्पनीले बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री र आउटस्ट्यान्डिङ पर्फर्मेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवार्ड जितेको कम्पनीले जनाएको छ ।

विश्वविख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डियन इस्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचककांहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

बिमस्टेक मुलुकहरुबाट प्यानलिस्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले उक्त अवार्ड ग्रहण गरेको कम्पनीले जनाएको छ ।

नोभोटेल होटल, कलकत्तामा भव्य समारोहबीच आयोजना गरिएको उक्त कार्यक्रममा खड्काले मन्तव्य राख्दै नेपालमा बिमाको वर्तमान अवस्था र महत्त्वका, साथै बीमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको भूमिका र कदमबारे विस्तृत रुपमा प्रस्ट्याएका थिए ।

नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यकता र अवस्थाबारे पनि उनले प्रस्ट पारे । साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दूरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठूलो भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय