काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच निजी क्षेत्रको नेतृत्वमा मिनी ग्रिड ऊर्जा पहुाच परियोजना सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौताबमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउनेछ । उक्त रकम ग्लोबल आइएमई बैंकले १०० केडब्लुपी सौर्य मिनी ग्रिड परियोजना निर्माण, जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

बुधबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् ।

बैंकले यस्ता किसिमका परियोजनामा लगानी गर्नुका साथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधा प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्यअनुसार यस सम्भौताअन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने साना परियोजनालाई विभिन्न बैंकिङ सुविधा प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय