नुवाकोट– सशस्त्र प्रहरी बलले नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६ स्थित सिन्दुरे खोलाको बगरमा पुरिएको अवस्थामा सरकारी नम्बर प्लेटको मोटरसाइकल फेला पारेको छ ।

सशस्त्रको टोलीले वैशाख ११ गते प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी मोटरसाइकल पुरिएको अवस्थामा फेला पारेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक भाइमान राउत को कमान्डमा निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले बगरमा मोटरसाइकलको ह्यान्डिल जस्तो वस्तु देखेपछि खोतलेर हेर्दा उल्लेखित नम्बरको सरकारी मोटरसाइकल फेला परेको जनाएको छ ।

उक्त मोटरसाइकल आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय