काठमाडौं– पाँच दिनको बिदापछि खुलेको सेयर बजारमा मंगलबार ८५ विन्दुको पहिरो गएको छ । तैपनि २ कम्पनीका सेयरधनीले भने कमाएका छन् ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बजार बन्द हुँदासम्मै घटेको घट्यै गर्दा ८४.९० बिन्दुको गिरावट आएको हो । योसँगै नेप्से परिसूचक २२६५.५२ बिन्दुमा ओर्लेको छ ।

यस दिन २१ वटा कम्पनीका सेयर, डिबेन्चर र म्युचुअल फन्ड गरी ३५ लाख ९५ हजार ५६८ कित्ता किनबेच भएको छ । कारोबारमा आएका लगभग सबैजसो सेयर तथा म्युचअल फन्डका इकाइको मूल्य ओरालो लागे पनि सामुदायिक लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल (बालाजु) लिमिटेडका सेयरधनीले भने कमाएका छन् । सामुदायिकको सेयर मूल्य ४.९६ र बोटलर्सको २ प्रतिशतले बढेको छ ।

त्यसैगरी एनआइबिएल समृद्धि फन्ड २, सनराइज फस्ट म्युचुअल फन्ड, एनएमबि ५०, नबिल ब्यालेन्स्ड फन्ड २, नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर २०८४ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ का इकाइको मूल्य पनि सामान्य बढेको छ । जसमा एनआइबिएल समृद्धि फन्ड २ को १.६६ र सनराइज फर्स्ट

म्युचुअल फन्डको १.०४ प्रतिशतले बढेको छ । बाँकीको १ प्रतिशतभन्दा कम बढेको छ । यस दिनको कारोबार रकम १ अर्ब ६४ करोड ४० लाख ९६ हजारभन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय