काठमाडौं– लामो समयपछि सुनको मूल्य प्रतितोला ९५ हजारमा आइपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ तोकेको हो । यो अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँ कम हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले बुधबारका लागि चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ तोकेको छ । मंगलबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८०७.१८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय