काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ ।

यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौं यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको जनाएको छ ।

यस योजना सञ्चालन गर्न कम्पनीले केही निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुने बताइएको छ । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुमध्ये हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुमध्ये हरेक हप्ता ५ भाग्यशाली विजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक १५ दिनमा १ भाग्यशाली विजेताले १ सुनको सिक्का बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय