काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९७ हजार ३०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ तोकेको हो । अघिल्लो दिन यो प्रतितोला ९६ हजार ३०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ले बढेर १ हजार २७० तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।









