काठमाडौं– नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र फर्स्ट पे क्युआरबाीच अन्तरआबद्धताको लागि सम्झौता भएको छ ।

हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआबद्धताको लागि दिएको निर्देशनअनुरुप यो सम्झौता सम्पन्न भएको बताइएको छ ।

२० वर्षदेखि कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाइस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ ।

यस सम्झौतापछि फर्स्ट पे क्युआरको सुविधा लिएका विभिन्न व्यापार, व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन भने स्मार्ट क्युआरमार्फत भुक्तानी लिँदै आएका व्यापार–व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय