काठमाडौं– सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरे पनि काठमाडौं महानगरपालिकाले आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजस्व विभाग र वडा कार्यलयहरू उक्त अवधिभर खुल्ने महानगरका विभागीय प्रमुख महेश काफ्लेले एक सूचना जारी गरी जानकारी गराएका छन् ।

आइतबार नै गर्नुपर्ने अत्यावश्यक काममा नागरिकलाई सहयोग पुगोस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ । संघीय सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय