काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंक सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले उक्त शाखाको संयुक्त उद्घाटन गरी सेवा सुरु गरिएको बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्येम्बरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।

२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन ८९ अर्ब ६५ करोड कर्जा प्रवाह गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय