भक्तपुर– भक्तपुर चेम्बर अफ कमर्सले मंगलबार एक कार्यक्रम गरी भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीलाई बधाइ ज्ञापन गरेको छ ।

चेम्बरले उनीहरुलाई सफल कार्यकालको शुभकामना समेत शुभकामना व्यक्त गरेको छ । भक्तपुर नगरपालिकाका मेयरको भेटघाट कक्षमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा चेम्बर अध्यक्ष न्हुछेरत्न मानन्धर लगायत उपाध्यक्ष कविदास श्रेष्ठ, सल्लाहकारद्वय रोशन भोयद्यो र विष्णुभक्त मारिखु, भक्तपुर नगर चेम्बरका अध्यक्ष राधेसुन्दर सायजुले फूलको गुच्छा तथा मायाको चिनो हस्तान्तरण र मफलर ओढाई बधाई दिएको चेम्बरले जनाएको छ ।

सो क्रममा अध्यक्ष मानन्धरले भक्तपुर नगरक्षेत्रको आर्थिक सामाजिक विकासका लागि भक्तपुर चेम्बर अफ कमर्सले नगरपालिकाको साथ सहयोगमा गर्न सकिने गतिविधि तथा नगरपालिकाबाट चेम्बर अफ कमर्सले गरेका अपेक्षाका बारेमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा सहकोषाध्यक्ष चन्द्रभक्त श्रेष्ठ, कार्यसमिति सदस्यहरु गोकुलप्रसाद प्रजापति, माधवप्रसाद प्रजापति, सुरेन्द्र जाकिबन्जार, ज्ञानेन्द्र मानन्धर, भक्तपुर नगर चेम्बरका उपाध्यक्ष रश्मी शिल्पकार, सदस्य विजय हाछेथु र प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यको सहभागिता रहेको चेम्बरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय