काठमाडौं– केही दिनअघि गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले चिनी निकासीमा पनि प्रतिबन्ध लगाएको छ ।

स्थानीय बजारमा भइरहेको चर्को मूल्यवृद्धि रोक्न निकासीमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार संस्थाहरुले उल्लेख गरेका छन् ।

सरकारले जुन १ देखि अक्टोबर ३१ सम्म विदेशमा चिनी निकासी गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । यो कदमले घरेलु बजारमा चिनीको उपलब्धता सुधार गर्ने र मूल्यवृद्धि रोक्ने अपेक्षा गरिएको छ ।

‘चिनी (कच्चा, प्रशोधित र सेतो) को निकासीलाई १ जुनदेखि प्रतिबन्धको सूचीमा राखिएको छ,’ वैदेशिक व्यापार महानिर्देशनालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय