दाङ– उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्य वस्तु लगायत विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ ।
शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक विशेष कार्यक्रमबीच मार्टको शुभारम्भ गरे । मार्ट शुभारम्भको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादनलाई बजारीकण गर्न मार्टले सघाउने बताए ।
शाखा प्रमुख दानबहादुर थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् । यसका अलावा महिलाहरूका लागि शृंगार सामग्री, फ्रिज, वासिङ मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् ।
भालुबाङमा मार्टको सञ्चालनसँगै सहकारीले आफ्नो २८औं शाखासमेत सञ्चालनमा ल्याएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।
यसअगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौंडा, बुटबलको योगिकुटीमा, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङको घोराही, बाँकेको चाँदनीचोक, सुर्खेतको मेहलकुनामा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।









