काठमाडौं– बेपत्ता भएको तारा एयरको ट्विनअटर विमान खोज्न दुईवटा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जहाज खोज्न नेपाली सेनाको दुईवटा हेलिकप्टर परिचालन गरेको जानकारी दिएका छन् ।
प्रभाकर घिमिरेले उडाएको उक्त जहाजमा १६ नेपाली र ६ विदेशी गरी २२ जना यात्रु रहेको तारा एयरले जनाएको छ । जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, तुलसादेवी तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ थिए ।
विदेशी यात्रुमा मिक ग्राट, अशोकुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बान्डेकर थिए । उत्सव पोखरेल सहचालक रहेको जहाजमा किस्मी थापा एयर होस्टेस थिइन् ।
९ एन एइटी कलसाइनको उक्त विमान बिहान ९ः५५ मा पोखरा विमानस्थलबाट जोमसोम उडेको थियो ।









