लमजुङ– कोभिडविरोधी खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए ।

उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मर्स्याङ्दी गाउँपालिकाका एक स्वयम् सेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।

स्वयम् सेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घन्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए । उनीहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । अन्य १५ जनालाई सामान्य ज्वरो, रिंगटा लाग्नेलगायतको लक्षण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय