काठमाडौं– नेपालकै पहिलो केबलकार सेवा सञ्चालक मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले विभूषित गर्ने भएको छ । अस्ट्रिया सरकारले श्रेष्ठलाई त्यहाँको प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ बाट विभूषित गर्न लागेको हो ।

श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत पनि हुन् । गत जेठ ३१ को मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उक्त विभूषण ग्रहण गर्न स्वीकृति दिएको छ ।

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारले प्रदान गर्ने विभूषण हो । अस्ट्रियाको सेवा गर्ने विदेशीलाई समेत यो विभूषण दिइन्छ । श्रेष्ठ खेलकुद क्षेत्रमा पनि आवद्ध छन् । उनी बडी बिल्डिङ एन्ड फिटनेस संघका अध्यक्ष छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय