बुटवल– सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम एक भव्य समारोहको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्तामाझ सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताको उत्साहजनक सहभगिता रहेको थियो ।

प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका सूत्रहरु अभिकर्तामाझ साटेका थिए ।

सूर्या लाइफको मेरो पहिलो पोलिसी अभियानअन्तर्गत आफ्नो पहिलो पोलिसी हासिल गर्न सफल नयाँ अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साथै उपस्थित अभिकर्तालाई उत्प्रेरणामूलक सन्देश तथा उपलब्धिमूलक प्रशिक्षण दिएको पनि कम्पनीले जनाएको छ । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बढ्ने उनको भनाइ छ ।

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरुमार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको उनको भनाइ छ । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको पनि जानकारी गराए । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय