काठमाडौं– महालक्ष्मी विकास बैंकका ग्राहकले काठमाडौंको महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् ।

यस सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारी भएको छ । बैंकका डेबिट कार्ड, क्युआर (स्क्यान पे) प्रयोग गर्ने तथा महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट हुने बैंकले जनाएको छ ।

यो सहकार्यले बैंकका ग्राहक लाभान्वित हुने बताइएको छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय