काठमाडौं– निरन्तर बढिरहेको इन्धन मूल्यले गर्दा सार्वजनिक सवारीसाधनको भाडा फेरि बढेको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य लिटरमा क्रमशः २१ र २७ रुपैयाँले बढाएको भोलिपल्ट यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर समायोजन गरेको हो ।

विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक एक प्रदेशबाट अर्को प्रदेशसम्म चल्ने यात्रुबाहक सवारीसाधनको भाडा ५.३ प्रतिशतले बढेको छ ।

मालबाहकको हकमा पहाडी बाटोमा चल्नेको ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुनेको ७.७ प्रतिशतले भाडा बढाइएको छ ।

विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा धेरैले तलमाथि भएमा भाडा दर समायोजन गर्ने वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ । सरकारले आइतबार डिजेलको मूल्य लिटरको १६५ बाट बढाएर १९२ रुपैयाँ पुर्याएको छ । यो १६.३६ प्रतिशतको वृद्धि हो । पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँ बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय