काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टर (सुगर, थाइरोइड, इन्डोक्राइनोलोजी र मल्टिस्पेसियालिटी सेन्टर) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरंगकुमार रौनियारले हस्ताक्षर गरेको बताइएको छ ।

अब आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई बत्तीसपुतलीस्थित स्टेम सेन्टरले दिने प्याथोलोजी, टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टल र अप्थाल्मोलोजिकल प्रडक्टमा छुट प्राप्त हुनेछ ।

सोही अवसरमा स्टेम सेनटरबाट प्राप्त हुने प्याथलोजीको १८९ भन्दा बढी, रेडियोलोजीको ८१ भन्दा बढी र डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवामा १५ प्रतिशतसम्म छुट हुने बताइएको छ ।

सम्झौतापत्र आदानप्रदानका अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्टेम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त हुने जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय