काठमाडौं– सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ ।
सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन् ।
उनले नेपाल धितोपत्र बोर्ड परिसरमा सेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद् सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकर थप्ने काम भएको भन्दै त्यसमा समेत सुधारको माग गरेका छन् । सेयर बजार निरन्तर घटेका बेला सांसद् सुवालले यसका विषयमा टिप्पणी गरेका छन् ।









