काठमाडौं– धितोपत्रको दोस्रो बजार नेप्सेमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च बिन्दुले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको दोस्रो दिन नेप्से ४९.३१ बिन्दुले ओरालो लागेर १८८४.८१ कायम भएको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ बिन्दुले ओरालो लागेर ३६६.१९ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीका ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख १७१ मूल्यमा खरिदबिक्री भएको छ । कारोबार भएका १३ उपसमूहकै सेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ २१.५६, व्यापार २२.८७, होटल तथा पर्यटन ५२.०३, विकास बैंक १३५.०८, जलविद्युत् ९३.६४, वित्त ४८.१५, निर्जीवन बिमा २३९.२२, उत्पादन ९१.४१, अन्य ४९.९४, लघुवित्त ११०.५३, जीवन बिमा २३४.६२, सामूहिक लगानी कोष ०.२९ र लगानी १.६९ बिन्दुले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब ८७ अर्ब २६ करोड २५ लाख ८२ हजार ४९३ बराबर रहेको छ । गत भदौ पहिलो साता ४५ खर्ब हाराहारी रहेको बजार पुँजीकरणमा त्यसयता १८ खर्बले गिरावट आइसकेको छ ।

कारोबारका आधारमा प्रभु बैंकको संस्थापक सेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको ११ करोड ८३ लाख २० हजार बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी १० करोड ९२ लाख २६ हजार ७२२, हिमालयन डिस्टिलरी ५ करोड ७३ लाख ५५ हजार ३९९, एनआइसी एसिया बैंक ४ करोड ३५ लाख ७३ हजार ८४४ र नबिल बैंक ४ करोड ७ लाख ४४ हजार २५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ९.९८, ओरियन्टल होटल १.४१, सिद्धार्थ इक्विटी फन्ड ०.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ०.१५ प्रतिशतले कमाए ।

त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । कालिका पावर कम्पनी ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट ८.७९ र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.७० प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय