काठमाडौं– एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ अभियान अन्तर्गत नगदसहितबाट नगदरहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक दी फिनान्सियल टाइम्स, लन्डनको द ब्यांकर पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबिले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय