काठमाडौं– एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहक महानुभावलाई घातक रोगको बिमाबापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।

बिमा लाभ प्राप्त गर्नेमा बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमन्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल छन् ।

उनीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,०६० जनाभन्दा बढी ग्राहकले घातक रोग बिमाबापत २ करोड १० लाख, दुर्घटना बिमाबापत ४० लाख र मेडिकल बिमाबापत २ करोड ६१ लाख गरी कुल ५ करोड ११ लाखभन्दा बढी बिमा रकम प्राप्त गरिसकेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय