काबुल– अफगानिस्तानको पाक्तिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित पूर्वी पक्तिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तीमा २५ जनाको ज्यान गएको र ९५ जना घाइते भएको पुष्टि भएको छ ।

भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पुर्याएको छ भने पक्तिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय