काठमाडौं– पर्वतको कुश्मास्थित एक आमाले छोरीज्वाइँलाई बिहेमा उपहारस्वरुप जीवन बिमालेख दिएकी छिन् ।

कुश्माकी मेनका रेग्मीले आफूले जम्मा गरेको बचत रकमबाट छोरी र ज्वाइँको जीवन बिमा गरिदिएकी हुन् । सूर्या लाइफको कुश्मा शाखाबाट जारी गरिएको उक्त बिमा योजना कम्पनीका एजेन्सी विभाग प्रमुख, यज्ञबहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

छोरीज्वाइँको जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत दुवै होस् भन्ने उद्देश्यले वैवाहिक जीवन सुरु गरेका छोरी पूजा रेग्मी र ज्वाइँ सुझाब आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बिमा गरिदिएको मेनकाको भनाइ छ ।

सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुँदा सबैलाई जीवन बिमा गर्न मेनकाले सुझाएकी छिन् ।

बिमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागि बचत पनि हुने भएकोले चेलीको बिहेमा बिमा योजना उपहार दिने नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बिमाको महत्त्वप्रति जनमानसमा सचेतना बढेको पुष्टि हुने वैवाहिक समारोहका सहभागीको टिप्पणी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय