काठमाडौं– नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपिएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि दुई हजार शुल्क रहेकामा टेलिकमले ४०० रुपैयाँ घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपिएसको महसुल दर दुई हजार ३०० रहेकामा एक हजार ६०० बनाइएको छ । ५१ देखि १०० एमबिपिएसको दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपिएस ब्यान्डविथको महसुल दुई हजार ७०० रहेकामा दुई हजार ४०० बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपिएसको दुई हजार ४०० रहेकामा दुई हजार १००, १०० एमबिपिएसभन्दा बढीको दुई हजार १०० रहेकामा एक हजार ८०० कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहनाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेड रूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय