काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीका लागि क्यास ब्याक अफर ल्याएको छ ।

आइएमई पे एपको प्रिमियम तिरौं, क्यासब्याक पाऔं अफरअन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआसीको बीमा किस्ता भुक्तानीमा ग्राहकले सो मूल्यको ०.५ प्रतिशत (अधिकतम २,५०० रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ विजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।

यस अफर अन्तर्गत केवाईसी रुजु भएको प्रयोगकर्ताले बीमा किस्ताको भुक्तानी नियत मिति (ड्यु डेट) भित्र वा नियत मितिपछिको ७ दिनभित्र आइएमई पे एपबाट गरेबापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउने पनि विज्ञप्तिमा उललेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय