नयाँ दिल्ली– भारतले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिकका सामानमाथि प्रतिबन्ध लगाएको छ । नयाँ दिल्लीले यस्ता सामानको उत्पादन र बिक्री वितरणमा आजदेखि रोक लगाएको हो ।

प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लास्टिक वस्तुमा जुलाई १ देखि प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अबदेखि भारतमा थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाइको बक्समा ¥यापिङ गर्ने फिल्म, निमन्त्रणा कार्ड, चुरोटको प्याकेटका लागि फिल्म, प्लास्टिकको झन्डा, बेलुन स्टक र आइसक्रिमका स्टिकहरू बेचबिखन गर्न पाइँदैन ।

डिसेम्बर ३१, २०२२ सम्म प्लास्टिकको बोक्ने झोलाको न्यूनतम मोटाइ अवस्थिति ७५ माइक्रोनबाट १२० माइक्रोनमा परिवर्तन गरिने भारत सरकारले बताएको छ । एकपटकमात्र प्रयोग हुने प्लास्टिकको प्रयोग उन्मूलन गर्ने उद्देश्यले बाक्लो क्यारी ब्याग ल्याइने पनि प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिबन्धलाई प्रभावकारी रूपमा लागू गर्न राष्ट्रिय र प्रदेश स्तरमा कन्ट्रोल रुमहरू स्थापना गरी प्रतिबन्धित एकल प्रयोगका प्लास्टिक वस्तुको अवैध उत्पादन, आयात र बिक्री वितरण नियन्त्रण गर्न अधिकारीहरूको टोली खटाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय