काठमाडौं– असार २६ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद ऊल अजहा) को अवसरमा सरकारले त्यस दिन सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले बुधबार एक सूचना जारी गर्दै बकर ईदका अवसरमा एक दिन बिदा दिने व्यवस्था रहेकोर उक्त पर्व असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट जानकारी आएकोले उक्त दिन सार्वजनिक बिदा घोषणा गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय