काठमाडौं– बजेट सार्वजनिक भएदेखि नै विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले राजीनामा घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई लिखित राजीनामा भने बुझाएका छैनन् ।

अनधिकृत व्यक्तिलाई बोलाएर करका दरहरु हेरफेर गराएको विषयमा छानबिन भए छानबिन समितिलाई सघाउन पनि आफू तयार भएको उनले बताए ।

विगतमा मन्त्रीहरुमाथि छानबिन हुँदा उनीहरुले राजीनामा नदिए पनि आफूले राजीनामा दिने उनले बताए । आफूमाथि छानबिन समिति बनेको खण्डमा त्यसलाई सघाउन आफू तयार भएको बताए ।

आफूले बजेटमार्फत गरेका परिवर्तनहरु राष्ट्र र जनताका लागि गरिएको उनको दाबी छ ।

आलोचकहरुले भने अर्थमन्त्री शर्माले खास व्यापारिक घरानालाई फाइदा हुने गरी करका दरमा हेरफेर गरेको, व्यापारिक घरानामा काम गर्ने व्यक्तिलाई बजेटको अघिल्लो रात अर्थ मन्त्रालय बोलाएर करका दरहरु हेरफेर गर्न लगाएको आरोप उनीमाथि लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय