काठमाडौं– बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अगामी मंसिर ४ गते संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद् बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेका थिए । बुधबार सत्तारुढ गठबन्धनको बैठकमा मंसिर ४ गते प्रदेश र संघ दुवैको निर्वाचन गर्ने सहमति भएको थियो ।
निर्वाचन आयोगले पनि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।
यसअघि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक तर दुई चरणमा सम्पन्न भएको थियो ।









