काठमाडौं– आयात–निर्यातकर्ता व्यवसायीको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा विनोदकुमार सेठियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । संघद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा प्रभातकुमार सर्राफ चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा आकाश गोल्छा, ऋषिराज मोर, कुमार कार्की, गोविन्दलाल संघई, जयन्तकुमार अग्रवाल, पवनकुमार अग्रवाल र पवनकुमार संचेती निर्वाचित भएका छन् ।

त्यसैगरी, प्रदीप राजगाढिया, मदन मित्तल, मयंक केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, स्वाती रुंगटा अग्रवाल र सुमितकुमार वंशल कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् । संघको ४२औं वार्षिक साधारणसभाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय