विदुर– आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुंगानाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट समानुपातिकतर्फबाट छ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिव खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट ६ जना र ‘ख’ बाट ८ जनाको नाम सिफारिस भएको हो । समानुपातिकतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ विमला सुवेदी, राममायाँ बोगटी र कृष्ण आनन्द विकको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘क’ र ‘ख’ बाट ७–७ जनाको नाम सिफारिस भएको छ ।









