काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा उम्मेदवारी पछिल्लो विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभातर्फ पुरुष २ हजार २६९ र महिला २ हजार ३३ गरी कुल २ हजार ५०२ जना उम्मेदवार रहेका छन् ।
यस्तै प्रदेशसभातर्फ पुरुष ३ हजार १३९, महिला २ हजार ९६ र १ अन्य गरी कुल ३ हजार ४३६ उम्मेदवार रहेका छन् । ती उम्मेदवारकाविरुद्ध आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।









