काठमाडौं– जर्मनीको ह्याम्बर्ग सहरस्थित जेहोभाह्ज विटनेसेस किङडम हलमा स्थानीय समय अनुसार बिहीवार राति सवा ९ बजे भएको अन्धाधुन्ध गोली प्रहारमा आठजनाको ज्यान गएको छ ।

उक्त घटनामा आक्रमणकारी पनि मरेको ह्याम्बर्ग प्रहरीले बताएको छ । ‘अरु थुप्रै व्यक्ति घाइते भएका छन्, केही गम्भीर छन्,’ प्रहरीले भनेको छ । जेहोवाह्ज विटनेससेस इन जर्मनीले विज्ञप्ति जारी गरी आफ्ना सदस्यमाथि भएको उक्त आक्रमणबाट सो धार्मिक समूदाय निकै दुःखी भएको उल्लेख छ । धार्मिक कार्यक्रमपछि गोली चलेको बताइएको छ ।

बिबिसीले प्रेषित गरेको समाचारमा बन्दुकधारीले एक्लै आक्रमण गरेको र उसको उद्देश्य थाहा हुन बाँकी रहेको उल्लेख छ ।

आक्रमणकारी सोही धार्मिक समुदायको पूर्वसदस्य रहेको र उसको उमेर ३० देखि ४० वर्ष हुनसक्ने डेर स्पिगेल म्यागजिनले जानकारी दिएको छ ।

प्रहरीले घटनास्थलमा भेटिएको शवमध्ये एउटा आक्रमणकारीको हुन सक्ने अनुमान गरेको र अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय