काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरेर उपचार भइरहेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनलाई हृदयाघात भएको हो । अस्पतालमा उनको मुटुको बन्द धमनी खोलिएको छ ।
अस्पतालमा एन्जिओप्लास्टी गरेर मुटुको बन्द धमनी खुलाइएको चिकित्सकहरुले बताएका छन् । अहिले राष्ट्रपति उक्त अस्पतालको भीआईपी क्याबिनमा चिकित्सकको निगरानीमा छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा उपचार गरेर फर्किएका पौडेल गत वैशाखमा पनि बिरामी परेर शिक्षण अस्पताल भर्ना भएका थिए ।









