पाटन– नेपाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ । पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सुरु बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु १ सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन् । बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।









