काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनालको निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।
भेटका अवसरमा उनीहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिएका छन् ।









