गण्डकी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

यसअघि मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट नियुक्त दुई मन्त्रीलाई पदमुक्त गरेका थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि त्यसको असर प्रदेशहरुमा पनि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय